२६ जेष्ठ २०८२, आईतवार

निजामती विधेयकमाथिको छलफल अन्तिम चरणमा

 

८ वैशाख, काठमाडौं । 

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा झण्डै ९ महिनादेखि छलफलमा रहेको सङ्घीय निजामती विधेयक अन्तिम चरणमा पुगेको छ । समिति सभापति रामहरि खतिवडाका अनुसार प्रस्तावित विधेयकमा कर्मचारीको उमेरहद, कुलिङ पिरियड, अतिरिक्त सचिव तथा प्रदेश र स्थानीय तहमा १० वर्षसम्म सङ्घले सचिव र कार्यकारी खटाउनेलगायतका विषय निष्कर्ष नजिक पुगेको छ ।


‘धेरै कुरा सम्बोधन भएका छन्, आउँदो अधिवशेनमा सदनमा निजामती विधेयक प्रस्तुत गर्ने तयारी छ,’ उनले भने । नेपाली कांग्रेसका सांसद दीलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति बनाएरै विधेयकमाथि छलफल गरिएको थियो ।समितिले विज्ञ, कर्मचारी, संवैधानिक आयोग, ट्रेड युनियन तथा सरोकारवाला पक्षसँग पटकपटक घनिभूत छलफल गर्दै आइरहेको छ ।

प्रशासनिक सङ्घीयता कार्यान्वयनका सन्दर्भमा महत्वपूर्ण माननिएको यो विधेयक समितिमा नौ महिनादेखि गहन छलफलमा थियो ।
समितिको आजको बैठकमा सभापति खतिवडाले विधेयक अन्तिम चरणमा पुर्याउने कोसिस गरिरहेको बताए । ‘विमतिलाई सहमतिबाट टुङ्ग्याउने गरी प्रयास थालनी गरेका छौँ । विधेयकमा सकेसम्म सबैको सहमति खोजिनेछ,’ बैठकमा उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?