सर्लाहीमा कांग्रेस सभापति गगन थापाको भव्य स्वागत

Raju Yadav Raju Yadav
|
सोमबार, माघ १२, २०८२
|
|
३ पटक हेरिएको
Shares
सर्लाहीमा कांग्रेस सभापति गगन थापाको भव्य स्वागत

सारांश

  •   १२ माघ, सर्लाही।
  • नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापा सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका छन्।
  • थापा काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही प्रवेश गर्दा पूर्व–पश्चिम राजमार्गको सर्लाही–रौतहट सीमास्थित बागमती कर्मैयामा हजारौं नेता–कार्यकर्ताले नाराबाजीसहित स्वागत गरेका थिए।

 

१२ माघ, सर्लाही।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्रीका उम्मेदवार गगनकुमार थापा सोमबार बिहान आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका छन्। थापा काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही प्रवेश गर्दा पूर्व–पश्चिम राजमार्गको सर्लाही–रौतहट सीमास्थित बागमती कर्मैयामा हजारौं नेता–कार्यकर्ताले नाराबाजीसहित स्वागत गरेका थिए। स्थानीय कार्यकर्ताले फूलमाला, बाजागाजा र झण्डा फहराउँदै थापालाई भव्य सम्मान गरेका थिए।

स्वागत कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव, स्वास्थ्य मन्त्री जंगीलाल राय, कांग्रेस मधेस प्रदेशका उपसभापति वीरेन्द्रप्रसाद सिंह, जिल्ला सभापति डा. सरोज कुमार लगायतका शीर्ष नेताहरू उपस्थित थिए। कार्यक्रमपछि सभापति थापा निर्वाचन क्षेत्र नम्बर–४ तर्फ प्रस्थान गरेका छन्। स्थानीय नेताहरूले थापाको आगमनलाई आगामी चुनावी तयारीसँग जोडेर उत्साह व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?