पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ

Raju Yadav Raju Yadav
|
शुक्रबार, पौष ११, २०८२
|
|
३ पटक हेरिएको
Shares
पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, आजै शपथ

सारांश

  • ११ पुस, काठमाडौं ।
  • नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् ।
  • उनलाई आज २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

११ पुस, काठमाडौं ।

नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन् । उनलाई आज २ बजे शपथ गराउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । शर्माले पाउने मन्त्रालय भने टुंगो लागेको छैन । तर उनलाई रक्षा वा परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने सम्भावना छ । यी दुवै मन्त्रालय हाल प्रधानमन्त्री सुशीला कार्की आफैंले सम्हाल्दै आएकी छन् । केही दिनअघि प्रधानमन्त्री कार्कीले शर्मालाई सरकारमा सहभागी हुन अनुरोध गरेकी थिइन् । त्यसमा शर्माले सकारात्मक जवाफ दिएका थिए ।

को हुन् बालानन्द शर्मा ?

पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए । नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रुपमा उनलाई चिनिन्छ । राजनीतिक दबाबका बीच ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम दिएर घर फर्काउने काममा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ । प्रधानमन्त्री नेतृत्वको सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको सफल नेतृत्व गरेका उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी समेत दिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
प्राचीनता र जनविश्वासलाई पुनर्जीवन दिँदै १५१ वर्ष पुरानो ‘ढोका छेँ’ पुननिर्माण सुरु
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना प्रहरीको हिरासतमा
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना प्रहरीको हिरासतमा
बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ जना घाइते
१४ अंकले घट्यो नेप्से, ८ अर्ब ९१ करोडको कारोबार
१४ अंकले घट्यो नेप्से, ८ अर्ब ९१ करोडको कारोबार
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
अवसरवादीको चंगुलमा रास्वपा, अस्तित्व संकट कि नयाँ यात्राको आरम्भ ?
अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
अजरबैजान र सर्बिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ
सुनसरीमा अपहरणमा परेकी बालिकाको सकुशल उद्धार
सुनसरीमा अपहरणमा परेकी बालिकाको सकुशल उद्धार
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
सर्पको टोकाइबाट तीन वर्षीय बालकको मृ*त्यु
सर्पको टोकाइबाट तीन वर्षीय बालकको मृ*त्यु