क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

Raju Yadav Raju Yadav
|
शुक्रबार, जेठ २, २०८२
|
|
४ पटक हेरिएको
Shares
क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम

सारांश

  •    २ जेठ, बाँके।
  • बाँकेको राप्ती सोनारी गाउँपालिका–१ भम्कास्थित राप्ती नदीको क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ ।
  • एक महिनाअघि आएको हावाहुरीले बैरिया–भम्का जोड्ने राप्ती नदीको झोलुङ्गे पुलको पश्चिमतर्फको लठ्ठा चँुडिएपछि पुल क्षतिग्रस्त भई जोखिमपूर्ण अवस्थामा पुगेको राप्ती सोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताउनुभयो ।

 

 २ जेठ, बाँके।

बाँकेको राप्ती सोनारी गाउँपालिका–१ भम्कास्थित राप्ती नदीको क्षतिग्रस्त झोलुङ्गे पुल मर्मत नहुँदा दुर्घटनाको जोखिम बढेको छ । एक महिनाअघि आएको हावाहुरीले बैरिया–भम्का जोड्ने राप्ती नदीको झोलुङ्गे पुलको पश्चिमतर्फको लठ्ठा चँुडिएपछि पुल क्षतिग्रस्त भई जोखिमपूर्ण अवस्थामा पुगेको राप्ती सोनारी–१ का वडाध्यक्ष यमबहादुर खड्काले बताउनुभयो ।  “भम्का गाउँका करिब ३०० जनता लठ्ठा चँुडिएको झोलुङ्गे पुलबाट जोखिम मोलेर आवतजावत गर्न बाध्य छन्वडाध्यक्ष खड्काले भन्नुभयो।

“पुल मर्मतका लागि गाउँपालिका, प्रदेश सरकार र सङ्घीय सरकारसम्म अनुरोध गरियो तर हालसम्म बन्ने सुरसार देखिएको छैन ।” तीन सय मिटरभन्दा लामो पुल निर्माण तथा मर्मत कार्य सङ्घीय सरकारबाट हुने भएकाले सम्बन्धित निकायमा झोलुङ्गे पुलको आवश्यक जानकारी तथा स्थलगत प्रतिवेदन बुझाउने काम भए पनि मर्मतसम्भारको काम हुन नसकेको वडाध्यक्ष खड्काको भनाइ छ । झोलुङ्गे पुल मर्मत नहुँदा भम्का गाउँबाट वडाको केन्द्र कुसुम बैरिया बजार किनमेलका लागि आउने सर्वसाधारण र विद्यार्थीलाई समस्या भएको स्थानीय अगुवा नरेन्द्र कार्कीले बताउनुभयो । भम्का पुल मर्मतसम्भारका लागि विभागले सम्बन्धित ठाउँमा गएर अनुगमन गरी प्रतिवेदन पेस गरिसकेको बाँके क्षेत्र नं १ का सङ्घीय सांसद सूर्य ढकालले बताउनुभयो । प्रतिवेदन अर्थ मन्त्रालयमा पुगिसकेकाले अब छिट्टै बजेट निकासा हुने उहाँको भनाइ छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ