भाटभटेनीबाट दुई लाख बढीको सामान चोर्ने एक पक्राउ

Raju Yadav Raju Yadav
|
मंगलबार, बैशाख २३, २०८२
|
|
२ पटक हेरिएको
Shares
भाटभटेनीबाट दुई लाख बढीको सामान चोर्ने एक पक्राउ

सारांश

  •   २३ वैशाख, काठमाडौं ।
  • काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट दुई लाखभन्दा बढीको सामान चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
  • जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार वैशाख २० गते काठमाडौं महानगरपालिका–५ मा रहेको भाटभटेनी सुपरमार्केटको ग्रोसरी डिपार्टमेन्टबाट उनले दुई लाख १७ हजार बराबरको सामग्री चोरी गरी फरार थिए।

 

२३ वैशाख, काठमाडौं ।

काठमाडौंको नक्सालस्थित भाटभटेनी सुपरमार्केटबाट दुई लाखभन्दा बढीको सामान चोरी गर्ने एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार वैशाख २० गते काठमाडौं महानगरपालिका–५ मा रहेको भाटभटेनी सुपरमार्केटको ग्रोसरी डिपार्टमेन्टबाट उनले दुई लाख १७ हजार बराबरको सामग्री चोरी गरी फरार थिए।

चोरीमा संलग्न दोलखा बैतेश्वर गाउँपालिका–२ स्थायी घर भई हाल भक्तपुर, ठिमी बसोबास गर्ने ३७ वर्षीय बिमल श्रेष्ठलाई आइतबार ठिमीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। श्रेष्ठविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

चोरी गरिएका सामग्रीमा महँगा ब्रान्डका मदिरा, चुरोट र ड्राइफ्रुट्स रहेका छन्। तीमध्ये ब्लु लेबल १ थान (रु. ३०,२६४), ग्लेण्डफिडिच १ थान (रु. १६,१९६), ओल्ड दरबार १ थान (रु. ४,७५५), सूर्य चुरोट ३० बण्डल (रु. १०,२००), बदाम १५ केजी (रु. २८,७२५), पिस्ता ८०० ग्रामका १२ प्याक (रु. २३,१९६), काजु ९०० ग्रामका १० प्याक (रु. २०,२३०), स्याफ्रान २५ प्याक (रु. १३,७००) र फिस वेल ६ थान (रु. १९,५००) रहेका छन्। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपील राज बोहराले जनाए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?