चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई

Raju Yadav Raju Yadav
|
शुक्रबार, चैत्र २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
चितवनका विकास योजना लिएर कांग्रेस-एमालेले भेटे प्रधानमन्त्रीलाई

सारांश

  •   चितवन, २९ चैत ।
  • नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका नेताहरूले समग्र जिल्लाको विकाससम्बन्धी योजना लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् ।
  • बिहीबार साँझ भएको भेटमा उनीहरूले चितवनका विभिन्न योजनालाई निरन्तरता दिन र नयाँ योजनामा बजेट विनियोजन गर्न आग्रह गरेका हुन् ।

चितवन, २९ चैत ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका नेताहरूले समग्र जिल्लाको विकाससम्बन्धी योजना लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन् । बिहीबार साँझ भएको भेटमा उनीहरूले चितवनका विभिन्न योजनालाई निरन्तरता दिन र नयाँ योजनामा बजेट विनियोजन गर्न आग्रह गरेका हुन् ।

तत्कालीन, दीर्घकालीन र चालु योजनासम्बन्धी २३ बुँदा मागसहित प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल र एमाले जिल्ला अध्यक्ष कमज पाठकले हस्तान्तरण गरे । उनीहरूले नारायणी, राप्ती, रिउ तटबन्ध, भरतपुर विमानस्थल विस्तार गरी रात्रिकालीन सेवा सञ्चालन, भरतपुर र कालिकामा चक्रपथ निर्माणलाई निरन्तरता दिन माग गरेकी छिन् । चितवन जिल्लास्तरीय चक्रपथ, भरतपुर–भण्डारा उत्तराखण्ड सडक, ठोरी–माडी, ध्रुवघाट–घोसरघाट–नारायणी नदी हुँदै नवलपरासी जाने हुलाकी सडक, भण्डारा मलेखु चेपाङ मार्गलगायतमा बजेट विनियोजन गरी अघि बढाउन आग्रह गरिएको कांग्रेस जिल्ला सभापति खनालले बताए ।

उनका अनुसार माडी पर्यटन विकास बोर्ड गठन गरी पर्यटकीय क्षेत्रहरूको विकास, देवघाटधामलाई व्यवस्थित गर्ने, कृषिजन्य वस्तुको भण्डारण र बजारीकरण, भोर्ले–दाहाखानी, उपरदाङगढी सडक, शक्तिखोर औद्योगिक क्षेत्रलगायत क्षेत्रलाई समेटेर बजेट विनियोजन गर्न माग गरिएको छ । माडी जाने निकुञ्जभित्रको सडक पक्की गर्न पनि दलहरूले प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । आठ बुँदे दीर्घकालीन योजना प्रस्तुत गर्दै सप्तगण्डकी बहुउद्देश्यीय परियोजना कार्यान्वयन, त्रिशूली–हुग्दी–शक्तिखोर बहुउद्देश्यीय परियोजना, नारायणगढ–मुग्लिन सडकको वैकल्पिक मार्ग, केरुङ–ठोरी लोकमार्ग, भरतपुर अस्पताललाई मेडिकल कलेज, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई अध्ययन प्रतिष्ठान बनाउन माग गरिएको एमालेका जिल्ला अध्यक्ष पाठकले उल्लेख गरे ।

माडीको वसन्तपुर बजजारबाट सीधा भारतसँग व्यापारिक नाका कायम गर्न पनि दलहरूले माग गरेका छन् । चितवनमा बहुप्राविधिक शिक्षालय र नवप्रवर्तनका लागि आविश्वास केन्द्रको माग दलहरूले राखेका छन् । भेटमा सहभागी कांग्रेस जिल्ला सभापति खनालले प्रधानमन्त्री ओली आफूहरूले पेस गरेका मागमा सकारात्मक भएको बताए । समयमा माग लिएर आएको भन्दै प्रधानमन्त्री ओलीले कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने प्रतिबद्धता जनाएको खनालले जानकारी दिए । भेटका क्रममा चितवनबाट प्रतिनिधित्व गर्ने एमाले र कांग्रेसका जनप्रतिनिधि, केन्द्रीय नेतालगायत सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ
जन्मकैद सजाय पाएर कारागारबाट फरार भएका व्यक्ति १२ वर्षपछि पक्राउ
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
आमाको नामबाट नागरिकता पाइने भएपछि रेखा थापाले दिइन् गृहमन्त्री लेखकलाई धन्यवाद
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
वीरगञ्ज सुक्खाबन्दरगाह सञ्चालनको जिम्मेवारी भारतीय कम्पनीलाई
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान
सर्लाहीको सिमावर्ती भारतीय बजारमा नेपाली मोटरसाइकल दुर्घटना, दुवै मृ*तकको खुल्यो पहिचान
सप्तरीमा ट्याक्टर दुर्घटना,  चालकको मृ*त्यु
सप्तरीमा ट्याक्टर दुर्घटना, चालकको मृ*त्यु
अछाममा चट्याङ लागेर एक बालकको मृत्यु
अछाममा चट्याङ लागेर एक बालकको मृत्यु
आईसीसी महिला टी–२० विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
आईसीसी महिला टी–२० विश्वकप छनोट : आज नेपाल र नेदरल्यान्ड्स भिड्दै
प्रिसा साहको निधनमा श्रद्धाञ्जली, निष्पक्ष छानबिनको माग
प्रिसा साहको निधनमा श्रद्धाञ्जली, निष्पक्ष छानबिनको माग
बहिनीज्वाइँले धारिलो हतियार प्रहार गर्दा जेठीसासूको निधन
बहिनीज्वाइँले धारिलो हतियार प्रहार गर्दा जेठीसासूको निधन
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आज यी प्रदेशमा वर्षा र हिमपातको सम्भावना