‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक   

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, चैत्र २६, २०८१
|
|
२ पटक हेरिएको
Shares
‘माया के हो’ गीति श्रव्यदृश्य सार्वजनिक   

सारांश

  • २६ चैत, काठमाडौँ ।
  •      गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङले स्वर दिनुभएको प्रेमभाव झल्काउने ‘माया के हो’ बोलको गीति श्रव्यदृश्य सार्वजनिक भएको छ ।
  • सो गीति श्रव्यदृश्य सार्वजनिक गर्ने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्गीतकार अर्जुन पोखरेलले धेरै समयपछि ‘रोमान्टिक शैली’ को गीत सार्वजनिक गरिएको बताउनुभयो ।

२६ चैत, काठमाडौँ ।    

गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङले स्वर दिनुभएको प्रेमभाव झल्काउने ‘माया के हो’ बोलको गीति श्रव्यदृश्य सार्वजनिक भएको छ । सो गीति श्रव्यदृश्य सार्वजनिक गर्ने उद्देश्यले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सङ्गीतकार अर्जुन पोखरेलले धेरै समयपछि ‘रोमान्टिक शैली’ को गीत सार्वजनिक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सामाजिक विषयका चलचित्र बढी निर्माण भएकाले प्रेम भाव व्यक्त गर्ने रोमान्टिक शैलीको गीत कम भएको आभाष भएको छ । यो गीत झैँ श्रव्यदृश्यले पनि भाव व्यक्त गरेको छ । श्रव्यदृश्य निर्माण समूहले निकै मेहनत गरेको छ ।” प्रेमराज अधिकारीले लेख्नुभएको गीतमा आधारित भई मकवानपुरको कुलेखानी तथा आसपासका क्षेत्रलाई समेटेर श्रव्यदृश्य छायाङ्कन गरिएको निर्देशक निकेश खड्काले जानकारी दिनुभयो । दर्शकलाई नयाँ अनुभूति दिन अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री उगेन छोदेनलाई श्रव्यदृश्यमा प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।

“गीतको मिठासलाई दृश्यमा व्यक्त गर्न सक्दो कोसिस गरेका छौँ । दुईजना प्रेमिल जोडीको प्रेम र एकअर्काप्रतिको सम्मानलाई श्रव्यदृश्यमा देखाइएको छ । गीत नै गुनगुनाइरहने शैलीको निर्माण भएको छ”, निर्देशक खड्काले भन्नुभयो । अभिनेता श्रेष्ठले गीत मन परेर आफू श्रव्यदृश्यमा काम गर्न इच्छुक भएको बताउनुभयो । “म अहिले चलचित्रकै तयारीमा थिएँ, त्यही भएर पछिल्ला दिनमा निकै कम श्रव्यदृश्यमा काम गरेको छु । यो गीत मन परेर मैले काम गरेको हुँ, यो आँखालाई शीतलता दिने र कर्णप्रिय गीत बनेको छ”, उहाँले स्पष्ट गर्नुभयो । यसैगरी, नेपाली चलचित्र ‘दुई नम्बरी’ मा काम गर्नुभएकी भूटानी अभिनेत्री उगेन छोदेनले नेपालमा काम गर्दा खुसी प्राप्त हुने अनुभव सुनाउनुभयो । उहाँले चलचित्रपछि पहिलोपटक श्रव्यदृश्यमा काम गर्नुभएको हो ।

“म नेपालमा काम गर्न पाउँदा खुसी हुन्छु, यो समूहले निकै सहज र सरल रुपमा काम गर्ने वातावरण दियो । मैले नेपालबाट पाएको मायालाई शब्दमा व्यक्त गर्न सक्दिनँ, त्यही भएर म चलचित्रपछि पुनः काम गर्न आएकी हुँ । मेरो अन्य भूमिका पनि आउँदो वर्ष दर्शकले हेर्न पाउनेछन्”, उहाँले भन्नुभयो ।  ङागस्तो दोर्जी योञ्जनले निर्माण गर्नुभएको श्रव्यदृश्यलाई हरि हुमागाईंले छायाङ्कन, सुवास तिमल्सेनाले शृङ्गार, कुसुम बुटिकले वेशभूषा र विकास धमलाले सम्पादन गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विद्या भण्डारीबारे आज महत्त्वपूर्ण निर्णय हुने सम्भावना छ : राजेन्द्र गौतम
विद्या भण्डारीबारे आज महत्त्वपूर्ण निर्णय हुने सम्भावना छ : राजेन्द्र गौतम
नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने
नेपालमा महिला टी-२० विश्वकपको ग्लोबल छनोट आयोजना हुने
भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक
भूकम्प प्रभावितको उद्धार र राहतबारे गृह मन्त्रालयमा बैठक
मिथिला माध्यमिकी पारिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै
मिथिला माध्यमिकी पारिक्रमा आज महोत्तरीको सदरमुकाम जलेश्वर पुग्दै
एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
वर्षायामको सुरुवात सँगै देशका ७३ जिल्लामा फैलियो डेंगु
वर्षायामको सुरुवात सँगै देशका ७३ जिल्लामा फैलियो डेंगु
राजावादीको लुटपाट, तोडफोडमा भाटभटेनीको क्षति मूल्याङ्कन ८० लाख ३३ हजार
राजावादीको लुटपाट, तोडफोडमा भाटभटेनीको क्षति मूल्याङ्कन ८० लाख ३३ हजार
७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडाैंमा
७२ जिल्लामा फैलियो डेङ्गी, सबैभन्दा धेरै काठमाडाैंमा
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
पोखरामा झन्डै डेढ करोड मूल्यको सुनसहित २ जना पक्राउ
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री
काठमाडौँ आइपुगे भारतीय विदेशसचिव मिस्री