लगातार छैटौं दिन घट्यो सेयर बजार, नेप्से २७५१ अंकमा

Raju Yadav Raju Yadav
|
सोमबार, फाल्गुन २६, २०८१
|
|
२ पटक हेरिएको
Shares
लगातार छैटौं दिन घट्यो सेयर बजार, नेप्से २७५१ अंकमा

सारांश

  •   २६ फागुन, काठमाडौं ।
  • अघिल्लो दिन ४६ अंक घटेको सेयर बजार सोमबार पनि घटेको छ ।
  • आज नेप्से परिसूचक २०.

२६ फागुन, काठमाडौं । अघिल्लो दिन ४६ अंक घटेको सेयर बजार सोमबार पनि घटेको छ । आज नेप्से परिसूचक २०.६८ अंक घटेको हो । सो अंकको गिरावटपछि बजार २७५१ मा कायम भएको छ । योसहित लगातार छैटौं दिन बजार घटेको छ । गत सोमबारयता कारोबार भएका सबै दिन बजार घटेको छ । कुल ४४ कम्पनीको मूल्य बढ्दा १९१ को घट्यो भने ८ को स्थिर रह्यो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १० अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ३७ करोडको भयो ।

अन्यबाहेक सबै सेक्टर घटे । हिमालयन रिइन्स्योरेन्सको मूल्य १.१६ प्रतिशत बढ्दा अन्य समूह ०.०८ प्रतिशत हरियो रह्यो । बैंकिङ ०.४४, विकास बैंक ०.७३, फाइनान्स ०.७०, होटल तथा पर्यटन ०.९९, हाइड्रोपावर १.१६, लगानी १.५१, जीवन बीमा ०.४१, उत्पादन १.१५, माइक्रोफाइनान्स ०.६३, निर्जीवन बीमा ०.६८ र व्यापार सेक्टर १.६५ प्रतिशत घटे । नेस्डो समृद्धि लघुवित्तको १० प्रतिशत मूल्य बढ्यो । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ८.७३, विन नेपाल लघुवित्तको ८.५३, स्वाभिमान लघुवित्तको ३.०२ तथा ग्रिन डेभलपमेन्टको २.५६ प्रतिशत बढ्यो ।

उपकार लघुवित्तको ६.९८, सिक्लेस हाइड्रोपावरको ५.८६, उन्नति सहकार्य लघुवित्तको ४.६२ प्रतिशत मूल्य घट्यो । नेपाल पुनर्बीमाको सबैभन्दा धेरै ७३ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भयो । त्यसपछि धेरै कारोबार भएको हिमालयन रिइन्स्योरेन्सको ७३ करोड १७ लाखको भयो । एनएलजी इन्स्योरेन्स, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र घलेम्दी हाइड्रोपावर क्रमशः कारोबार रकमका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
शेखर गोल्छाको सकारात्मक सन्देशः नयाँ नेपालको सपना पूरा होस
उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
उभौली पर्वले आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् : प्रधानमन्त्री ओली
हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृ*त्यु
हिमाचलमा भीषण भूस्खलन, बसमा ठोक्किँदा १५ जनाको मृ*त्यु
सुनसरीमा दाम्पत्य झगडाका क्रममा महिलाको हत्या, प्रधानाध्यापक पति पक्राउ
सुनसरीमा दाम्पत्य झगडाका क्रममा महिलाको हत्या, प्रधानाध्यापक पति पक्राउ
कांग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखको मात्रै नवीकरण
कांग्रेसका ९ लाख क्रियाशील सदस्यमध्ये ३ लाखको मात्रै नवीकरण
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक
कान्ति लोकपथ र हेटौंडा-भैंसे सडकमा राति सवारी रोक
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
काठमाडौंका प्रमुख जिल्ला अधिकारी आचार्यको पद धरापमा
मैले भ्रष्टाचारका विरुद्ध इमान्दारितापूर्वक काम गरें: अध्यक्ष दाहाल
मैले भ्रष्टाचारका विरुद्ध इमान्दारितापूर्वक काम गरें: अध्यक्ष दाहाल
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य
प्रियांक पान्चलको अर्धशतकमा कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य