अभ्यास खेलमा नेपाललाई वेष्ट इण्डिजले दियो ११० रनको लक्ष्य

Raju Yadav Raju Yadav
|
सोमबार, पौष २९, २०८१
|
|
२ पटक हेरिएको
Shares
अभ्यास खेलमा नेपाललाई वेष्ट इण्डिजले दियो ११० रनको लक्ष्य

सारांश

  •   काठमाडौँ – आइसिसी यु–१९ विश्वकपअघिको अभ्यास खेलमा नेपाली यु–१९ टिमलाई वेष्ट इण्डिजले जितका लागि १ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ।
  • मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ९ रन बनाएको थियो।
  • वेष्ट इण्डिजका लागि कप्तान समरा रमनाथले सर्वाधिक २५ रन बनाउँदा ३३ बल खेल्दै दुई चौका प्रहार गरिन्।

 

काठमाडौँ – आइसिसी यु–१९ विश्वकपअघिको अभ्यास खेलमा नेपाली यु–१९ टिमलाई वेष्ट इण्डिजले जितका लागि १ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ९ रन बनाएको थियो।

वेष्ट इण्डिजका लागि कप्तान समरा रमनाथले सर्वाधिक २५ रन बनाउँदा ३३ बल खेल्दै दुई चौका प्रहार गरिन्। यस्तै, ओपनर असाबी क्यालेन्डर २३, जहजारा क्लाक्सटन २२ र अबिगेल ब्राइसले १९ रन बनाएकी थिइन्। थप दोहोरो स्कोरका रुपमा अमृता रामतहालले १० रनको योगदान दिइन्। नेपालका रचनाकुमारी चौधरी र सिमना केसीको नाममा समान एक विकेट रह्यो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?