माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने

Raju Yadav Raju Yadav
|
शनिबार, पौष २०, २०८१
|
|
४ पटक हेरिएको
Shares
माओवादीको केन्दीय समिति बैठक भोलिदेखि, ८ सय १४ जनाको सहभागी हुने

सारांश

  •   २० पुस काठमाडौँ, ।
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबारदेखि बस्ने भएको छ ।
  • पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

२० पुस काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आइतबारदेखि बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यसअघि बसेको स्थायी समिति बैठकले अध्यक्ष दाहालबाट ‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्पः आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस हुने टुङ्गो लगाएको थियो । बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उनीबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ ।

केन्द्रीय समिति बैठक सञ्चालनको ‘मोडालिटी’ टुङ्गो लगाउन आइतबार बिहान ८ बजे स्थायी समिति बैठक बस्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकमा ४ सय ९ पूर्ण केन्द्रीय सदस्य, २ सय ५ वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी १ सय २५ जना गरी ८ सय १४ जनाको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृ*त्यु
मर्निङवाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृ*त्यु
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
शिक्षक नियुक्ति घुस काण्ड : प्रधानाध्यापकसहित दुई जना पक्राउ
सहकारी प्रकरण: गृहमन्त्रीकै कारण सदन अवरोध नहट्ने संकेत
सहकारी प्रकरण: गृहमन्त्रीकै कारण सदन अवरोध नहट्ने संकेत
कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीन जना पक्राउ
काठमाडौंका यी स्थानमा हुनेछ आज ४ घन्टासम्म विद्युत अवरूद्ध
काठमाडौंका यी स्थानमा हुनेछ आज ४ घन्टासम्म विद्युत अवरूद्ध
बैंक तथा सहकारीको लुटविरुद्ध जनकपुरमा प्रदर्शन
बैंक तथा सहकारीको लुटविरुद्ध जनकपुरमा प्रदर्शन
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति
सिंहदरबारमा दुर्गा प्रसाईं, प्रधानमन्त्रीलाई दिए दुर्गाको मुर्ति
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
बाढीपहिरोले दश राजमार्ग ठप्प, एक सय ५८ आंशिक सञ्चालनमा
राजनीतिक अस्थिरताले मुलुकमा सुशासन हुन सकेको छैन : सभामुख
राजनीतिक अस्थिरताले मुलुकमा सुशासन हुन सकेको छैन : सभामुख
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक