पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

Raju Yadav Raju Yadav
|
आइतबार, मंसिर ३०, २०८१
|
|
२ पटक हेरिएको
Shares
पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व

सारांश

  •   २९ मंसिर, काठमाडौं ।
  • नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ ।
  • ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो ।

२९ मंसिर, काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ । ६९ वर्षे इतिहासमा महासंघले महिला नेतृत्व पाएको यो पहिलोपटक हो । केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यमा अधिकांश शर्मा नेतृत्वको प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।

कोषाध्यक्षमा भने रामकृष्ण अधिकारीले जित नजिक छन् । विष्ट प्यानलका उनी प्रेस सेन्टरका नेता हुन् । महासंघको नयाँ कार्यसमिति चुन्न शुक्रबार मतदान भएको थियो । पत्रकार महासंघको केन्द्रीय कार्यालय सिनामंगलमा मतदान सकिए लगत्तै मतगणना सुरु भएको थियो । आइतबार बिहानसम्म मतगणना लगभग सकिएको छ । तर मत परिणाम सार्वजनिक हुन भने बाँकी छ । केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालका अनुसार जिल्ला र प्रदेशले पठाएका विवरण रुजु गरेर चुनावी नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको छ । ‘

दिउँसो १२-१ बजेसम्म नतिजा आधिकारिक रुपमा सार्वजनिक हने सम्भावना छ’ उनले भने । अनौपचारिक रुपमा संकलन गरिएको मतमा शर्मा एक हजारभन्दा बढी मतान्तरले विजयी हुने निश्चित भएको छ । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् । महासंघको अध्यक्षमा शर्मासँग युनियनका विद्रोही रमेश विष्ट प्रेस सेन्टर र समाजवादी प्रेस संगठनको समर्थनमा प्रतिस्पर्धा गरेका थिए । देवीप्रसाद सापकोटा र लालसिंह लामा पनि अध्यक्षको उम्मेदवार थिए । महासंघको केन्द्रीय सदस्यहरुमा पनि अधिकांश शर्मा प्यानलका उम्मेदवार निर्वाचित हुने निश्चित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

संसद् छाडेर बाहिरिए राप्रपाका सांसद
संसद् छाडेर बाहिरिए राप्रपाका सांसद
सभापति देउवासँग पूर्णबहादुर र दुई महामन्त्रीको छलफल आज पनि
सभापति देउवासँग पूर्णबहादुर र दुई महामन्त्रीको छलफल आज पनि
मेलम्चीको पाइप फुटेपछि यस्तो छ थापाथली क्षेत्र
मेलम्चीको पाइप फुटेपछि यस्तो छ थापाथली क्षेत्र
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
नेपाल-भारतबीच चार बुँदे सहमतिमा हस्ताक्षर
नेपाल-भारतबीच चार बुँदे सहमतिमा हस्ताक्षर
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
प्रतिनिधिसभामा प्रश्नोत्तरः यस वर्ष पाँच सय युवालाई ‘स्टार्टअप’ ऋण सहायता दिइने प्रधानमन्त्रीद्वारा जानकारी
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
तीन महिनाभित्र कमला पुल सम्पन्न गर्ने निर्माण कम्पनीको प्रतिबद्धता
मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै
मिथिलाञ्चल क्षेत्रमा कोजाग्रत पूर्णिमा मनाईदै
एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा
एमाले नेता रघुवीर महासेठको घरमा ढुंगामुढा
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी
सुदूरपश्चिममा कांग्रेस र नागरिक उन्मुक्तिबीच खटपट, उद्योगमन्त्री चौधरीलाई बर्खास्त गर्ने तयारी