प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल

Raju Yadav Raju Yadav
|
सोमबार, आश्विन १४, २०८१
|
|
२ पटक हेरिएको
Shares
प्रधानमन्त्री फर्किंदा आधा घण्टा उडान प्रभावित, विमानस्थल भद्रगोल

सारांश

  •   १४ असोज, काठमाडौं ।
  • अमेरिका भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल अवतरणका बेला आज सोमबार आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भएको छ ।
  • यसले विमानस्थलको उडान व्यवस्थापन अझ भद्रगोल बनेको छ ।

 

१४ असोज, काठमाडौं । अमेरिका भ्रमण सकेर फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाल अवतरणका बेला आज सोमबार आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भएको छ ।

यसले विमानस्थलको उडान व्यवस्थापन अझ भद्रगोल बनेको छ । विमानस्थल स्रोतका अनुसार आज दिउँसो ३ः५५ बाट आघा घण्टाका लागि ‘भीभीआईपी मुभमेन्ट’ भन्दै ‘नोटिस फर एयर मेन’ (नोटाम) जारी भएको थियो । नोटाम जारी भएको समयमा आन्तरिक विमानस्थलमा रहेका जहाज र अन्तर्राष्ट्रिय जहाजलाई यहाँबाट उड्न दिइएको थिएन अवतरण गर्न आइरहेका जहाजलाई भने ‘होल्ड’ गराइएको छ ।

प्रधानमन्त्री चढेको जहाज अवतरण गरेपछि भने उडान सामान्य भएको विमानस्थल स्रोतले जनाएको छ । आज बिहानैबाट त्रिभुवन विमानस्थलमा उडान व्यवस्थापनमा चाप भएको थियो । जसले गर्दा निर्धारित उडानहरू नै एक घण्टासम्म ‘डिले’ भइरहेका थिए । त्यसमाथि प्रधानमन्त्रीको सवारीले उडान अझ प्रभावित बनेका हुन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?