११ श्रावण २०८२, शनिबार

पूर्वराज्यमन्त्री हत्याको अनुसन्धानमा खटियो सीआईबी टोली

 

८ साउन, काठमाडौं । पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली खटिएको छ ।

आइतबार राति आफ्नै घरमा हत्या गरिएका रायको अनुसन्धानका लागि सीआईबीले टोली घटनास्थल पठाएको हो । सीआईबीका प्रमुख तथा एआईजी श्यामलाल ज्ञवालीले इन्सपेक्टरको कमान्डमा दुई जनाको टोली सर्लाही पठाइएको बताए । सीआईबीबाट खटिनेमा इन्सपेक्टर सूर्यबहादुर शाही र प्रहरी सहायक निरीक्षक (असई) बोसिन राजा रहेका छन् । सीआईबीको टोलीले टेक्निकल तथा प्राविधिक पाटोको अनुसन्धान र विश्लेषण गर्नेछ । पूर्वराज्यमन्त्री रायको हत्या भएको जानकारी पाउनसाथ प्रहरी चौकी मोहनापुर, इलाका प्रहरी कार्यालय केशरगञ्ज, जिल्ला प्रहरी कार्यालय सर्लाही र मधेश प्रदेश कार्यालयको टोली खटिएको थियो ।

अहिले यो घटनालाई तीन वटा युनिटले अनुसन्धान सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयको टोली, प्रदेशको टोली र सीआईबीको टोलीबाट घटनाको अनुसन्धान भइरहेकोे छ । तालिम प्राप्त कुकुरको सहायताले यसअघि हत्यामा प्रयोग भएको हतियार बरामद गर्नुबाहेक प्रहरीले ठूलो उपलब्धि हासिल गर्न सकेको छैन । रायको घरबाट उत्तर–पश्चिमतर्फको करिब ५० मिटर टाढाको बाँस झाङबाट रगत लतपतिएको घरेलु हतियार बरामद भएको थियो ।

८० वर्षीय राय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ३० वर्षअघि भूमि व्यवस्था राज्यमन्त्री भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?