२६ जेष्ठ २०८२, आईतवार

जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ

२१ वैशाख, काठमाडौं ।​ नागरिकता दुरुपयोग गरी करिब २ करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा पक्राउ परेका २ जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रवार सार्वजनिक गरेको छ ।​

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी ७ घर भई काठमाडौंको कागेश्वरी मनहरा बस्ने राजन श्रेष्ठ र झापाको गौरादहका ईश्वरी पाण्डे छन् । कार्यालयका अनुसार उनीहरूले वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै २१९ जनालाई ठगी गरेका थिए । साथै उनीहरूले नारायणबहादुर राईको नागरिकता दुरुपयोग गरी नियोनी एजुकेसन कन्सल्टेन्सी दर्ता गरेर ठगी गर्दै आएका पाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

Post Comment