सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह
१६ चैत,काठमाडौं ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग छलफल अघि बढाएका छन् । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर प्रधानमन्त्री शाहले छलफल थालेका हुन् । उनका सचिवालयका अनुसार, अहिले कर्णाली प्रदेशका सांसदहरूसँग छलफल चलिरहेको छ । छलफलमा सबै दलका सांसदहरू सहभागी रहेको सचिवालयले जानकारी दिएको छ ।

आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छलफल गर्ने कार्यक्रम तय भएको छ । प्रदेश अनुसार समूहगत रुपमा छुट्टाछुट्टै छलफल गर्ने तयारी प्रधानमन्त्री बालेको छ । ‘आज समय पुगेसम्म समूहमा छलफल गर्ने, नभ्याइएका सांसदहरूसँग फेरि अर्को दिन उहाँ (प्रधानमन्त्री) ले छलफल गर्नुहुनेछ,’ सचिवालयका एक सदस्यले भने ।यसअघि हिजो प्रधानमन्त्री शाहले आफ्नो क्याबिनेटका मन्त्रीहरूसँग छलफल गरेका थिए । छलफलका क्रममा उनले मन्त्रीहरूको योजना सुन्दै कुनै अलमलमा नपरी काम अघि बढाउन भनेका थिए ।




Post Comment