२३ फाल्गुन २०८२, शनिबार

चितवन-३ मा रेनुभन्दा सोबिता ४ हजार ६२३ मतले अगाडि

 

२२ फागुन, काठमाडौं ।

चितवन क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सोबिता गौतमले फराकिलो अग्रतालाई कायमै राखेकी छन् । १९ हजार ४५ मत गणना गर्दा सोविताले ९ हजार ८७९ मत प्राप्त गरेकी छन् ।

उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की रेनु दाहालभन्दा ४ हजार ६२३ मतले अगाडि छिन् । ५ हजार २५६ मतका साथ रेनुले सोबितालाई पछ्याइरहेकी छन् । नेकपा एमालेका टेकप्रसाद गुरुङले १ हजार ४६५ मत प्राप्त गरेका छन् ।

Post Comment

छुटाउनुभयो कि ?