२३ माघ २०८२, बिहीबार

सिमलतालमा खसेको बस मध्ये एक गणपति डिलक्स भएको पुष्टि

 

२९ पुस, काठमाडौं ।

त्रिशूली नदी किनारमा बालुवाले पुरिएको अवस्थामा गणपति डिलक्स लेखिएको बस भेटिएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ दोन्द्राङबेसी नजिकै त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा गाडीको पाटपुर्जा भेटिएको थियो । पाटपुर्जा भेटिएपछि खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवन र नं. २३ मनकामना गण भानु तनहुँबाट खटिएको टोलीले बस फेला पारेको हो ।

२८ असार २०८१ बिहान वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस सडक माथिबाट आएको लेदोसहितको पहिरोले बगाउँदा त्रिशूली नदीमा खसेका थिए । एञ्जल डिलक्समा ३८ जना र गणपति डिलक्समा २७ जना यात्रु थिए । जसमध्ये तीन यात्रु हाम फालेर बाँचे । बाँकी ६२ यात्रु बेपत्ता भए । १४ जनाको शव निकालिएको थियो । बाँकी यात्रुकाे शव अझै बेपता छन् ।

Post Comment

छुटाउनुभयो कि ?