२३ माघ २०८२, बिहीबार

विदेश भ्रमणका २ निमन्त्रणा ‘रिजेक्ट’ गर्दै शिक्षामन्त्री पुनको प्रश्न: विदेश घुमेर अर्थतन्त्र बन्छ?

 

२५ पुस, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेश भ्रमणका लागि आएका दुइटा निमन्त्रणापत्र सार्वजनिक गर्दै आफू नजाने बताएका छन्। मन्त्री भइसकेपछि यसअघि पनि निमन्त्रणा आएका तीनवटा विदेश भ्रमणमा नगएको उल्लेख गर्दै यसपटक पनि नजाने जानकारी गराएका हुन्।

‘लौ जा, म मन्त्री भएपछि पहिला पनि निमन्त्रणा आएको तीनवटा विदेश भ्रमणमा गइनँ। अहिले पनि दुईवटा निमन्त्रणा आएछ। यसमा पनि जान्नँ’, मन्त्री पुनले शुक्रबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको अर्थतन्त्र नसुधारेसम्म जोसुकै प्रधानमन्त्री र अर्थमन्त्री आए पनि केही प्रगति हुनेवाला छैन किनभने केही गर्न पैसा चाहिन्छ। विदेश घुमेर अर्थतन्त्र बन्छ?’

 

Post Comment

छुटाउनुभयो कि ?