२३ माघ २०८२, बिहीबार

ज्योती डिस्टलरीमा बोइलर विस्फोटमा १ को मृत्यु, ६ घाइते

१२ पुष, रौतहट ।

कटहरिया नगरपालिका–९, डुमरिया स्थित ज्योती डिस्टलरी प्रा.लीमा शनिबार बिहान बोइलर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन्। प्रहरीका अनुसार उद्योगमा कार्यरत ५१ वर्ष जगदिश यादव, ५५ वर्षको बिगन यादव र ४० वर्षको मुकेश यादव घाइते छन । उनीहरूको हातखुट्टा जलेको र अवस्था चिन्ताजनक रहेको छ । विस्फोटबाट ४५ वर्षको रहमोद आलम, ३५ वर्षको प्रमजित यादव र ४० वर्षको कैलाश माली मध्यम घाइते भएको इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी वरिष्ठ नायब निरीक्षक धर्मेन्द्र पौडेलले जानकारी दिए । घटनास्थलमा मृत्यु हुनेको नाम लक्ष्मण राय यादव वर्ष ४५ का रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कटहरिया, गरुडा र लक्ष्मिनिया विजयपुरबाट प्रहरी टोली खटाएर घाइते उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ।विस्फोटले उद्योगको भौतिक संरचनामा पूर्ण क्षति पु¥याएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।
घाइतेमध्ये केहीको अवस्था अझै गम्भीर रहेकाले थप उपचार भइरहेको छ।

Post Comment

छुटाउनुभयो कि ?