समानुपातिक निर्वाचन बाहिर ४३ दल
२४ मंसिर, काठमाडौं ।
समानुपातिक निर्वाचन बाहिर ४३ वटा दल रहने भएका छन् । उनीहरूले २१ फागुनमा तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन नै दिएका छैनन् । निर्वाचन आयोगका अनुसार दल दर्ताको संख्या १४३ छ । त्यसमध्ये एक सय दलले समानुपातिक तर्फ निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छन् । बाँकी ४३ दलले समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि निवेदन नै दिएका छैनन् ।

निर्वाचन आयोगले मंसिर २१, २२ र २३ मा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय तय गरेको थियो । निर्धारित समयमा एक सय दलले समानुपातिक र्फ निर्वाचन प्रयोजनका लागि निवेदन दिएका हुन् । प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगको कार्यतालिका छ । आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय छ ।





Post Comment