१२ चैत्र २०८२, बिहीबार

अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने

१८ मंसिर, काठमाडौं । 

अब नेपालमा एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय रुपैयाँ (भारु) चलनचल्तीका लागि बाटो खुलेको छ । भारतीय केन्द्रीय बैंक (रिजर्भ बैंक अफ इन्डिया–आरबीआई) ले नेपालमा ठूला दरका भारु चलाउन (सटही) अनुमति दिएको हो । हाल नेपालमा एक सय रुपैयाँ दरको भारु मात्र चलनचल्तीमा छ । भारतले अनुमति दिएसँगै सयसँगै ठूला दरका भारु चलाउन पनि पाइने भएको हो ।

तर, उक्त व्यवस्था कार्यान्वयनका लागि राष्ट्र बैंकले परिपत्र (निर्देशन) जारी गर्नुपर्नेछ । किनकि राष्ट्र बैंकको निर्देशनकै कारण हाल एक सयभन्दा ठूला दरका भारु चलनचल्तीमा छैनन् । यसकारण राष्ट्र बैंकले परिपत्र जारी गरेपछि मात्र नागरिकले ठूला दरका भारु चलनचल्तीमा ल्याउन पाउनेछन् । हाल भारतमा ठूला दरका १ सय, २ सय र २ हजार दरका नोट चलनचल्तीमा छन् । तर, सन् २०२३ देखि भारतले २ हजार दरका नयाँ नोट छाप्न छाडेको छ । यसकारण आरबीआईले गरेको नयाँ व्यवस्थाले २ सय र ५ सय दरका भारु नेपालमा सटहीका लागि बाटो खोलिदिएको हो ।


सन् २०१६ मा भारतले ५ सय र १०० दरका नोट चलनचल्तीबाट हटाएपछि नेपालमा भएका ती दरका नोट अझै साटिएका छैनन् । यसकारण राष्ट्र बैंकले ठूला दरका भारु चलनचल्तीमा नल्याउने (सटही नगर्ने) निर्देशन जारी गरेको थियो । अहिले भारतले भारतले भारु २५ हजारसम्म नेपाल र भुटान ल्याउन/लैजान (आयात/निर्यात) अनुमति दिएको हो । यसअघि भारु २५ हजारसम्म भारतबाट ल्याउन अनुमति भएपनि लैजान पाउने व्यवस्था थिएन ।

यो व्यवस्थाले नेपाल र भारत दुवै देशका नागरिकलाई सुविधा पुग्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए । खासगरी नेपालमा भ्रमण आउने भारतीय पर्यटक र भारत भ्रमणमा जाने नेपालीका लागि यो सुविधाले विशेष राहत पुग्ने उनको भनाइ छ ।

Post Comment

छुटाउनुभयो कि ?