१२ चैत्र २०८२, बिहीबार

आज मौसम मुख्यतया सफा रहने

 

१८ मंसिर, काठमाडौं ।

हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Post Comment

छुटाउनुभयो कि ?