एमाले देश र जनताका लागि क्रियाशील छः ओली
६ मंसिर, काठमाडौँ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश र जनताका लागि क्रियाशील रहेको जिकिर गरेका छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देश र जनताको हितकै लागि एमाले अघि बढ्ने बताए । उनले प्रतिनिधिसभा विघटन असंवैधानिक ढंगले गरिएको जिकिर गर्दै त्यसको पुनर्स्थापनाको विकल्प नभएको बताए ।
उनले सरकारले चुनाव नै गराउन नसक्ने भन्दै उसले चुनाव गराउनेतर्फ सोच्दा पनि नसोचेको आरोप लगाए । उनले देशको निकासको एक मात्रै बाटो प्रतिनिधिसभा पुनर्स्थापना भएको बताए ।




Post Comment