सवोच्चको आदेशले अन्योलमामधेश प्रदेश
३ मंसिर, जनकपुर ।
मुख्यमन्त्रीनियुक्ति सम्बन्धी रिटमामंगलबार सर्वोच्च अदालतले दिएको आदेशले मधेश प्रदेशमाअन्योल सृजना भएको छ । मंगलबार (हिजो) सर्वोच्च अदालतले मधेस प्रदेशकामुख्यमन्त्री सरोजकुमार यादवलाई मुद्दाकिनारा नलागेसम्म नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न अन्तरिम आदेश गरेको छ । सो आदेश पछिमुख्यमन्त्रीयादव समर्थकहरु खुसीमनाउँदै छन् ।

अदालतले मुख्यमन्त्रीयादवलाई नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्न मात्रभनेको तर मुख्यमन्त्रीपदमाभने यादवतत्काल रहने भनेकाले मुख्यमन्त्रीयादव समर्थक एमालेका सांसद, नेतातथाकार्यकर्ताहरुमाखुसीछाएको छ । सामाजिक सञ्जालमाउनीहरुले खुसीव्यक्तगर्दै मुख्यमन्त्रीयादवको जीतभएको भन्दै बधाई दिइरहेका छन् । यताविपक्षीदलहरुलाई हेर्दा पनि उस्तै देखिन्छ । जितेन्द्र सोनलपक्षका७ राजनितिकदलहरुले पनिअदालतको आदेशले आफूहरुको जितभएको भन्दै खुसीयालीमनाईरहेका छन् । अदालतले मुख्यमन्त्रीयादवलाई नीतिगत र दीर्घकालीन असरपर्ने निर्णय नगर्नु भनेकोले विपक्षीदलहरुमाखुसीछाएको छ। अब प्रदेश सभामामुख्यमन्त्रीयादवले विश्वासको मत लिनआएउनलाई हामीजवाफदिने जसपा नेपालमधेश प्रदेशक सचेतकएवममधेश प्रदेश सभा सांसद रामअशिषयादवले बताए ।

हिजो सवोच्चले दिएको आदेमा मंसिर ११ गतेका लागिअन्तिम सुनुवाइतोकेको छ । सर्वोच्चकान्यायाधीशद्वयडा. नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हिजो अन्तरिम आदेश जारी गर्दै उक्तमितिमापूर्ण इजलासमामुद्दा पेश गर्ने निर्णय गरेको छ । यसै आदेशमार्फत अदालतले मुख्यमन्त्री सरोजकुमार यादवलाई कुनै पनिनीतिगतवादीर्घकालीनप्रभावपार्ने निर्णय नगर्न निर्देश दिएको छ । अदालतले मुद्दाको अन्तिमकिनारा नलागेसम्म यो आदेश लागू हुने उल्लेख रहेको छ । मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति संविधानसम्मत नरहेको भन्दै ७दलका७४ जना सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।




Post Comment