२४ माघ २०८२, शुक्रबार

विराटनगरले बनायो एनपीएलकै उच्च स्कोर, पोखरालाई २२१ रनकाे चुनाैती

२ मंसिर, काठमाडौं ।

लोकेश बम र मार्टिन गप्टिलले आक्रमक ब्याटिङ गरेपछि विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई २२१ रनको विशाल लक्ष्य दिएको छ।  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार पहिले ब्याटिङ गरेको विराटनगरले चार विकेटको क्षतिमा २२० रन बनाएको हो। यो एनपीएलकै सबैभन्दा उच्च स्कोर हो। एनपीएलमा सबैभन्दा उच्च स्कोरको रिकर्ड पनि विराटनगरकै नाममा थियो।

गत वर्ष लुम्बिनीले दिएको १९१ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरले आठ विकेटको क्षतिमा १९३ रन बनाएको थियो। विराटनगरका लागि बमले ४८ बलमा ७२ रन बनाए। उनले एक चौका र सात छक्का प्रहार गरे।  त्यसअघि गप्टिलले विराटनगरका लागि अर्धशतक बनाएका थिए। उनले ३५ बलमा तीन चौका र पाँच छक्काको मद्दतले ६१ रन बनाए।  त्यस्तै, शुभम रञ्जानेले ३८, बसिर अह्मदले २३, नारायण जोशीले ११ र जर्ज मन्सेले १० रन बनाए।  पोखराका लागि म्याट टेलरले दुई, आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले एक-एक विकेट लिए।

Post Comment

छुटाउनुभयो कि ?