२४ माघ २०८२, शुक्रबार

सर्वोच्च र काठमाडौं जिल्ला अदालतले प्रहरीमा दिए जाहेरी, अनुसन्धान सुरु

१८ कात्तिक, काठमाडौं ।

सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका छन् । जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो । दुवै अदालतले जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा जाहेरी दिएका छन् । अदालतका तर्फबाट जाहेरी आएको परिसरका एसएसपी रमेश थापाले बताए ।

‘अदालतका तर्फबाट जाहेरी आएको छ । अब अनुसन्धान अघि बढ्छ,’ एसएसपी थापाले  भने । जाहेरी आएसँगै प्रहरीले अदालत तोडफोड र आगजनी घटनामा संलग्नहरूको खोजी सुरु भएको प्रहरीले बताएको छ । उनीहरूको पहिचान गरेर कानुनी दायरामा ल्याउनका लागि प्रहरी जुटेको छ । २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालतमा ठूलो क्षति भएको थियो । महत्त्वपूर्ण कागजातहरू जलेर नष्ट भएका थिए ।

Post Comment

छुटाउनुभयो कि ?