काठमाडौंका अतिक्रमित जग्गा खाली गराउन सात दिने अल्टिमेटम
१४ कात्तिक, काठमाडौं ।
काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले सात दिनभित्र अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन दिइएको छ ।
महानगर र प्राधिकरणले आज एक संयुक्त सार्वजनिक सूचना जारी गर्दै असोज २ गते बसेको काठमाडौँ महानगरपालिका र काठमाडौँ उपत्यका प्राधिकरणको निर्णय अनुसार सात दिनभित्र अतिक्रमित जग्गा र मापदण्ड विपरीतका संरचना खाली गर्न निर्देशन दिइएको हो ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्र र सिमाना जोडिएका काठमाडौँ जिल्ला भित्रका सार्वजनिक स्थानका अतिक्रमित तथा मापदण्ड विपरीतका संरचना नहटाए कारबाही गर्ने चेतावनी समेत दिइएको छ ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान






Post Comment