शान्ति सम्झौताका लागि दबाव दिन अमेरिकाद्वारा रुसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध
विविसी। युक्रेनसँग शान्ति सम्झौता गर्न मस्कोलाई थप दबाव दिने प्रयासमा अमेरिकाले रुसका दुई ठूला तेल कम्पनीहरूलाई लक्षित गर्दै नयाँ प्रतिबन्धहरूको घोषणा गरेको छ।
ट्रम्पले घोषणा गरेका प्रतिबन्धहरूको निशानामा रोसनेफ्ट र लुकोएल छन्। “हरेक पटक भ्लादिमिरसँग कुरा हुँदा उनीसँग राम्रो बातचित हुन्छ तर त्यसपछि त्यसको केही परिणाम आउँदैन,” अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले नेटो महासचिव मार्क रटसँगको भेटपछि प्रतिक्रिया दिँदै भने।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग बुडापेस्टमा हुने भनिएको शिखर बैठक अनिश्चितकालका लागि स्थगित भएको बताएको एक दिनपछि ट्रम्पले नयाँ प्रतिबन्धको घोषणा गरेका हुन्।
बुधवार मात्रै रुसले युक्रेनमा चर्को बमबारी गर्दा बालबालिकासहित कम्तीमा सात जनाको मृत्यु भएको छ।



Post Comment