२४ माघ २०८२, शुक्रबार

आसिफको अर्धशतकमा नेपालले यूएईलाई दियो १४१ रनको लक्ष्य

२६ असोज, काठमाडौं ।

आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले यूएईलाई मध्यम लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर आसिफ शेखको अर्धशतक मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १४० रन बनायो । आसिफले ४७ बलमा ५१ रन बनाए ।

त्यस्तै कुशल भुर्तेलले २८ रन तथा कप्तान रोहित पौडेले २० रन बनाए । गुल्शन झाले ५ बलमा १४ रन बनाएर आउट भए । सुरुवाती १० ओभरमा १ विकेटको क्षतिमा ७३ रन बनाएको भएपनि त्यसपछि रनगति सुस्त हुँदा नेपालले स्कोरलाई डबल पनि गर्न सकेन । यूएईका लागि जुनेद सिद्दिकी, मुहम्मद रोहिद, जाहिद अली, ध्रुव पराशर, हर्षित कौशिक र हेदर अलीले १-१ विकेट लिए ।

Post Comment

छुटाउनुभयो कि ?