स्कटल्याण्डका जर्ज मन्सेले विराटनगरबाट एनपीएल खेल्ने
२५ असोज, काठमाडौैं ।
स्कटल्यान्डका जर्ज मन्सेले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण खेल्ने भएका छन् । उनलाई विराटनगर किंग्सले दोस्रो संस्करणको एनपिएलमा अनुबन्ध गरेको हो । ३२ वर्षीय ओपनिङ ब्याटर जर्जले सन् २०१७ देखि स्कटल्याण्डको राष्ट्रिय टोलीबाट खेल्दै आएका छन् । उनले स्कटल्याण्डका लागि ७० एकदिवसीय अन्तर्राष्ट्रिय र ८१ टी–२०आई खेल खेलेका छन् । एकदिवसीयमा २ हजार ६३० र टी–२०आईमा २ हजार ३०२ रन बनाएका छन् ।

लिष्ट ए क्रिकेटमा ९४ खेलमा ३ हजार १९८ र टी–२० खेलमा २ हजार ६४८ रन बनाएका छन् । जर्जले बिपिएल, आइएलटी–२० जस्ता फेन्चाइज लिग खेलिसकेका छन् । विराटनगरले पहिलो विदेशी खेलाडीको रुपमा जर्जलाई भित्राएको हो । एनपीएलको दोस्रो संस्करण आउँदो मंसिर १ देखि २७ सम्म हुँदैछ ।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment