दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुन्छ : सचिव खड्का
२३ असोज, काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले अबको दुई–तीन हप्तामा टियु क्रिकेट मैदान नयाँ स्वरुपमा तयार हुने बताएका छन्। बिहीबार टियु क्रिकेट मैदानमा बोल्दै उनले मंसिर १ गतेदेखि दोस्रो संस्करणको एनपिएल आयोजना गर्न क्यान तयारी अवस्थामा रहेको बताएका हुन्।

कीर्तिपुर क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप प्यारापिट निर्माण र फ्लड लाइट जडान कार्यको २०८१ फागुनमा सम्झौता भएको थियो। सम्झौता अनुसार तोकिएको समयमा निर्माण कार्य सम्पन्न हुन नसकेपछि अहिले म्याद थप गरेर निर्माण कम्पनीले काम गरिरहेको छ।




Post Comment