माओवादीको सचिवालय बैठक सुरु
२० असोज, काठमाडौं ।
नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिको सचिवालय बैठक सुरु भएको छ । महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा हालैको विपद्पछिको अवस्थाको बारेमा छलफल हुनेछ ।

यसका साथै महाधिवेशन मिति तय, प्रतिनिधि छनोट लगायत विषयमा छलफल गर्न लागिएको छ । यही असोज ९ र १० गते काठमाडौंमा सम्पन्न माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाएको थियो । उक्त निर्णयसँगै आगामी मंसिरको अन्तिमसाताभित्र विशेष महाधिवेशन गर्ने निर्णय पनि गरेको थियो ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान




Post Comment