विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ
१८ असोज, काठमाडौं ।
विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरीका ७ हजार बढी जनशक्ति परिचालन भएका छन् । ६३ जिल्लामा माइकिङ गरेर सुरक्षित रहन आह्वान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं विपद प्रतिकार्य शाखाप्रमुख रामबहादुर केसीका अनुसार ७ हजार ३१५ जना सशस्त्र प्रहरी परिचालन भएका छन् । बिभिन्न टोलीले जनचेतानाका लागि माइकिङ गरेर सुरक्षित रहन आह्वान गरिएको उनले बताए ।
२६ वटा विपद् प्रतिकार्य वेश तयार गरिएको छ । ९ वटा विपद् प्रतिकार्य वेश यस अगाडि नै रहेका थिए । यी सबै वेशमार्फत काम भइराखेको छ । ९९० जना स्वयमसेवक तयार गरिएको छ । उनीहरूलाई १८ दिने तालिक दिएर तयारी अवस्थामा राखेको हो । उद्धार उपकरणहरू समेत तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार तुरुन्तै प्रयोग गर्न सकिने केसीले जानकारी दिए ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान





Post Comment