१० चैत्र २०८२, मंगलवार

राष्ट्रपति पौडेलले लगाए टीका

१६ असोज, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीका लगाएका छन् । पौडेलले गुरु पुरोहितको हातबाट दसैंको टीका, जमरा, प्रसाद र आशिर्वाद  ग्रहण गरेका हुन् । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहीबार राष्ट्रपति पौडेलले दसैंको शुभ साइत ११ बजेर ५३ मिनेटमा टीका प्रसाद ग्रहण गरेका हुन् । उनले हनुमान ढोका दरवारका गुरु देवराज आर्याल तथा राष्ट्रपतिका पुरोहित अर्जुनप्रसाद न्यौपानेबाट टिका र जमरा ग्रहण गरेका हुन् ।

आफूले टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले  प्रथम महिलासहित परिवारका सदस्यलाई टीका लगाईदिएका थियो । राष्ट्रपति पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ । विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

Post Comment

छुटाउनुभयो कि ?