बर्दियामा बाघको आक्रमणबाट १२ वर्षीय बालकको मृत्यु
७ पुस, बर्दिया। बर्दियामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।
बारबर्दिया नगरपालिका– ४ बैरिया गाउँका १२ वर्षीय सुमित चौधरीको बाघको आक्रमण बाट मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुधिरराज शाहीले जानकारी दिए। आज बिहान साढे ११ बजेतिर सामुदायिक वन नजिकै सुमितलाई बाघले आक्रमण गरेको थियो। उनको उद्धार गरी उपचारका लागि अस्ताल लगिएकोमा दिउँसो साढे १ बजे मृत्यु भएको एसपी शाहीले जानकारी दिए। बैरिया गाउँका एक जना स्थानीयले भने बालक सामुदायिक वन भित्र प्रवेश गरेको र त्यही बेला बाघले उनीमाथि आक्रमण गरेको बताए। मृतक बालकको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको एसपी शाहीले जानकारी दिए।
Related posts:
सांसदको प्रश्नमा प्रधानमन्त्रीको जवाफः ‘भ्रष्टाचार गर्दिन, गर्न दिन्न’
वैदेशिक रोजगारबाट फर्किएकाहरुको पुँजी र सीपलाई उत्पादनमूलक क्षेत्रमा प्रयोग गर्ने सरकारको नीति छः प्...
संविधान कार्यान्वयनको राम्रो समीक्षा गरेर मात्रै संविधान संशोधनः अध्यक्ष दाहाल
संसद्मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1