१२ चैत्र २०८२, बिहीबार

कर्णाली नदीमा हाम फालेर दुई युवायुवती बेपत्ता, खोजी जारी

११ असोज, हुम्ला ।

हुम्लाको चंखेली गाउँपालिका–४ का दुई जना कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका डीएसपी शकर पोखरेलका अनुसार, शनिबार बिहान चंखेली–४ स्थित सरिसल्ला भन्ने ठाउँबाट भद्विबिरे बुढाका छोरा अन्दाजी २८/२९ वर्षीय हंश बुढा र सोही ठाउँका हर्क बोहोराको छोरी अन्दाजी १९/२० कि कर्मा बोहोरा कर्णाली नदीमा हाम फालेका हुन् ।

हंश बिवाहित हुन् भने कर्मा अबिवाहित हुन् । सोही ठाउँका शैलेन्द्र शाहीले दिएको सूचनाका आधारमा प्रहरी चौकी मेल्छामबाट प्रहरी खोजी कार्यमा खटिएको छ । उनीहरूको अहिले पनि खोजी कार्य जारी छ । आफन्तहरूलाई खबर भइसकेको डीएसपी पोखरेलले जानकारी दिए ।

Post Comment

छुटाउनुभयो कि ?