धनुषामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृ*त्यु
१० असोज, जनकपुरधाम ।
धनुषामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकनन्दिनी गाउँपालिका– ५ बनरझुलाकम १८ वर्षीय अमित यादव र १६ वर्षीय कुश मिश्र छन् । धनुषाको कमला नगरपालिका–२ माची र लगमाको बीचमा पर्ने खोक्साहा पुल नजिक मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।




Post Comment