आज देश नसोचेको अवस्थामा पुगेको छ, मेरोभन्दा देशको बारेमा सोच्नुहोला: तोसिमा कार्की
२९ भदौ, काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ डा तोसिमा कार्कीले अहिलेको समय देशको बारेमा सोच्नुपर्ने बताएकी छन्। सुमना श्रेष्ठले रास्वपा छोडेको घोषणा गरेसँगै त्यसैसँग जोडेर कार्कीले पनि पार्टी छोड्न लागेको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भएपछि उनले आपत्ति जनाउँदै आफ्नोबारेमा भन्दा अहिले देशको बारेमा सोच्न भनेकी हुन्।

‘तोसिमाले पार्टी छोड्यो भनेर समाचार बनाउन भ्याइसक्नु भएछ। अरे यार, कम्तिमा मेरोबारेमा लेख्दा मलाई त सोध्ने गर्नुस्। तोसिमाले के गर्छ या गर्दैन भन्ने साटो आज देश यस्तो विक्षिप्त अवस्थामा पुगेको छ। आफूले चाहिँ यो देशलाई के गर्न सक्छु सोच्नुहोला,’ उनले भिडिओ सन्देश जारी गर्दै भनेकी छन्, ‘आज देश सोच्दै नसोचेको अवस्थामा पुगेको छ। भौतिकरुपले, मानसिक रुपले विक्षिप्त भएको छ। देश शून्यबाट उठाउनुपर्ने भएको छ। अफवाह फैलाउने काम नगरिदिनूहोला।’




Post Comment