ध्वस्त सर्वोच्चमा भेटिए तोपका गोला र हातहतियार
२९ भदौ, काठमाडौं ।
जेनजी आन्दोलनको क्रममा ध्वस्त भएको सर्वोच्च अदालत परिसरमा रहेको नेपाल बारको कार्यालयमा तोपका गोला पनि भेटिएको छ। भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा तोडफोड र आगजनी हुँदा सर्वोच्चमा तोपका गोला पनि भेटिएको हो।

नेपाल बार एसोसियसनका महासचिव एवम् वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले तोपका गोलासँगै अन्य हतियारहरू भेटिएको जानकारी दिए। ‘सर्वोच्चमा तोपका गोलासँगै अन्य हातहतियार पनि भेटिएका छन्,’ उनले भने, ‘तालिम प्राप्त समूहले आक्रमण गरेको देखियो।’




Post Comment