शहरी विकास मन्त्रालय मातहत ५० गाडी जले, भौतिक क्षति आकलन गरिँदै
२६ भदौ, काठमाडौं ।
मंगलबार जेनजी आन्दोलनका बेला सिंहदरबारभित्र ठूलो भौतिक क्षति भएको छ । यसमध्ये शहरी विकास मन्त्रालय र मातहत ५० सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक अनुमान मन्त्रालयले गरेको छ । मन्त्रालयका सहसचिव नारायणप्रसाद मैनालीका अनुसार अहिले क्षतिको आकलन गर्ने काम भइरहेको छ ।
प्रारम्भिक अनुमान अनुसार मन्त्रालय परिसरमा रहेका कम्तीमा १० र बाँकी सवारीसाधन मन्त्रालय मातहत विभागहरूका सवारीसाधनमा सोही बराबर क्षति पुगेको हो । पूरै सिंहदरबारभित्रको क्षतिको आकलन भने कुनै एक सरकारी निकायले राख्ने गरेको छैन । सोहीकारण अहिलेसम्म के कति क्षति भयो भन्ने निश्चित भइसकेको छैन । उता, मूख्यसचिव एक नारायण अर्यालले सचिवहरूसँग क्षतिबारे बिफ्रिङ लिन थालेका छन् ।
Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान





Post Comment