११ चैत्र २०८२, बुधबार

नक्साल भाटभटेनीमा लुटपाटपछि आगजनी

२४ भदौ, काठमाडौं ।

प्रदर्शनकारीहरूले नक्सालस्थित भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेर आगजनी गरेका छन्। भाटभटेनी चेनको यो पहिलो स्टोर हो। आगो लगाउनुअघि प्रदर्शनकारीले स्टोरबाट सामानहरू लुटपाट गरेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले  बताए।

‘प्रदर्शनकारीले स्टोरबाट सामान लुटेपछि आगो लगाइदिएका छन्,’ सीओओ पौडेलले भने, ‘क्षतिबारे यकिन भएको छैन, स्टोरमा पूरै आगो लगाइएको छ।’ भाटभटेनी नक्साल २०४३ सालमा व्यवसायी मीनबहादुर गुरुङले स्थापना गरेका थिए । यसअघि राजावादीको आन्दोलन क्रममा कोटेश्वर भाटभटेनीमा लुटपाट भएको थियो ।

Post Comment

छुटाउनुभयो कि ?