२५ भाद्र २०८२, बुधबार

कञ्चनपुरमा सशस्त्रको बीओपीमा पस्यो बाढी

१६ भदौ, कञ्चनपुर ।

भारी वर्षाले कञ्चनपुरमा सशस्त्र प्रहरी बलका बोर्डर आउट पोष्ट (बीओपी) डुबानमा परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुई वटा बीओपीमा बाढी पसेको हो ।  दोधाराचाँदनी नगरपालिका– ७ कञ्चनभोज र १० सुन्दरनगरमा रहेका बीओपीमा बाढी पसेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए । उनका अनुसार जोगबुढा नदीको बाढी बीओपीमा पसेको हो ।

`सुन्दरनगर बीओपीमा कार्यरत सशस्त्र प्रहरीलाई ओमकार विद्यालय र कञ्चनभोज बिओपीका विस्थापित सशस्त्र प्रहरीलाई शहरी खोप केन्द्रमा सारिएको छ´, डीएसपी बोहराले भने । दोधारा चाँदनी नगरपालिका–८ को रामपुरे टापुका २५ र वडा नम्बर ३ को पटेराखल्लाका १५ परिवार बाढीले विस्थापित भएका छन् । ‘रामपुरे टापुका २५ परिवारका ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा राखिएको छ’, डीएसपी बोहराले भने, ‘पटेराखल्लाका १५ परिवारलाई जमुना आधारभूत विद्यालयमा सारिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment