ईश्वरी न्यौपानेलाई राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको निर्णय
१० भदौ, काठमाडौं।
नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा इश्वरी न्यौपाने पठाउने भएको छ । सभापति रामहरि खतिवडाले राजीनामा दिएपछि रिक्त उक्त पदमा न्यौपानेलाई जिम्मेवारी दिइएको छ । संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई उक्त पदबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउन लागिएको हो ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष पाँच नेताको बैठकले न्यौपानेको नाममा सहमति जुटाएको हो । समिति सभापतिका लागि आज मनोनयन र भोलि मतदानको समय तोकिएको छ । समिति सभापतिका लागि दिलेन्द्र बडु, हृदयराम थानी, सरिता प्रसाई, अम्बिका बस्नेतलगायत आकांक्षी थिए ।





Post Comment