११ चैत्र २०८२, बुधबार

हरिपुरमा ‘समुन्नति परियोजना’ सम्बन्धी पुनरावलोकन बैठक 

 

सर्लाहीको हरिपुुरमा रहेको ग्रामीण नारी उत्थान सङ्घको कार्यान्वयन तथा सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा, र हरिपुर नगरपालिकाको समन्वय तथा सहकार्यमा सञ्चालित समुन्नति परियोजना अन्तर्गत स्थानीय सरकारसँग गरिएको त्रिपक्षीय सम्झौता २०२५ को पुनरावलोकन बैठक हरिपुर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ ।


बैठकको अध्यक्षता हरिपुर नगरपालिकाका नगरप्रमुख श्री गोपाल पन्जियारले गर्नु भएको थियो भने कार्यक्रमकी प्रमुख अतिथि ग्रामीण नारी उत्थान सङ्घकी अध्यक्ष श्रीमती गोमा देवी न्यौपाने रहनु भएको थियो। कार्यक्रममा परियोजनाले पछिल्ला ६ महिनामा गरेका गतिविधिहरूको विस्तृत समीक्षा प्रस्तुत गरिएको थियो। त्रिपक्षीय सम्झौता, अर्धवार्षिक प्रगति मूल्याङ्कन, नीति निर्माणको अवस्था, शिक्षा, स्वास्थ्य, बाल संरक्षण, जीविकोपार्जन, मनोसामाजिक परामर्श लगायतका विषयमा विस्तृत छलफल र भावी कार्ययोजना तय गरिएको संस्थाले जानकारी दिएको छ।


कायक्रममा शिक्षा शाखा प्रमुख नागेश्वर रायले परियोजनाले शिक्षा, स्वास्थ्य, बाल संरक्षण, जीविकोपार्जन र मनोसामाजिक परामर्शका क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्नुभयो। उहाँले विद्यालय र स्वास्थ्य संस्थाहरूमा अपांगमैत्री वातावरण निर्माण गर्न परियोजनाले खेलेको भूमिकालाई पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, सबै शाखा प्रमुखहरू, नगर बाल संरक्षण समिति, वडाध्यक्षहरू, ग्रामीण नारी उत्थान सङ्घकी कोषाध्यक्ष सिमा कोईराला लगायतको उपस्थिति रहेको थियो। साथै, नगर बाल क्लब अध्यक्ष, सदस्यहरू, स्रोत विद्यालयका बालबालिकाहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा महावीर माविका अध्यक्ष श्री उदय नारायण चौधरी र प्रधानाध्यापक अमृतलाल मोतमले विद्यालयमा सुरु गरिएको प्रविधिमैत्री शिक्षाको प्रशंसा गर्दै बालबालिकाको नेतृत्व विकासमा केन्द्रित कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। बालबालिकाहरूले बाल नेतृत्वसम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रमबाट लाभ लिएको जनाउँदै, कार्यक्रमप्रति धन्यवाद व्यक्त गरिएको थियो। बैठकमा समुन्नति परियोजनाका कार्यक्रम प्रमुख दिपक भण्डारीले परियोजनाको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

ग्रामीण नारी उत्थान सङ्घका अनुसार, पुनरावलोकन बैठकले परियोजनाको प्रभावकारिता मूल्याङ्कन गर्न र आगामी दिनमा अझ सशक्त कार्ययोजना बनाउन मार्गदर्शन गरेको सस्था सचीव सुुर्या प्रसाद चालीसेले बताउनुु भयो ।

Post Comment

छुटाउनुभयो कि ?