१५ चैत्र २०८२, आईतवार

५० यात्रु बोकेको एन्टोनोभ एन–२४ विमान सम्पर्कविहिन

८ साउन, रुस ।

रुसको ५० यात्रु बोकेको यात्रुवाहक विमान सम्पर्कविहिन भएको छ । रुसका एयर ट्राफिक कन्ट्रोलरहरूले एन्टोनोभ एन–२४ एक यात्रुवाहक विमानसँग बिहीबार सम्पर्क गुमाएका हुन्। समाचार एजेन्सी रोयटर्स र एएफपीका अनुसार सो जानकारी सम्बन्धित क्षेत्रका गभर्नरले दिएका हुन्।

गभर्नरका अनुसार विमानको खोजी कार्य जारी छ, तर अहिलेसम्म ठ्याक्कै कहाँ सम्पर्क विच्छेद भएको हो भन्ने विवरण सार्वजनिक गरिएको छैन। उद्धार टोलीलाई सतर्क बनाइएको छ। अंगारा एयरलाइन्सद्वारा सञ्चालित विमान ब्लागोभेस्चेन्स्क शहरबाट टिन्डा जाँदै थियो । चीनको सीमामा रहेको अमुर क्षेत्रको टिन्डा शहर नजिकै पुग्दा विमान राडारबाट बेपत्ता भएको बताइएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार, विमानमा ५ बालबालिका सहित ४३ यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए।

Post Comment

छुटाउनुभयो कि ?