संसद्को कार्यसूचीमा फेरि चढ्यो भूमि विधेयक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण ७, २०८२
|
|
४६ पटक हेरिएको
Shares
संसद्को कार्यसूचीमा फेरि चढ्यो भूमि विधेयक

सारांश

  • भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ फेरि संसद्को सम्भावित कार्यसूचीमा चढेको छ ।
  • बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरअनुसार आगामी शुक्रबार भूमिसम्बन्धी विधेयक अगाडि बढ्नेछ ।
  • शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् वा दफावार छलफल सदनमा गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने’ सम्भावित कार्यसूची छ ।

७ साउन, काठमाडौं ।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८२ फेरि संसद्को सम्भावित कार्यसूचीमा चढेको छ । बिहीबार प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले तयार पारेको पाक्षिक क्यालेन्डरअनुसार आगामी शुक्रबार भूमिसम्बन्धी विधेयक अगाडि बढ्नेछ । शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् वा दफावार छलफल सदनमा गरियोस् र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने’ सम्भावित कार्यसूची छ ।

यसअघि गत २५ असारमा पनि यो विधेयक अगाडि बढाउने सम्भावित कार्यसूची थियो । तर, सत्तारुढ दल कांग्रेसले थप छलफल आवश्यक रहेको तर्क गरेपछि रोकिएको थियो । त्यसयता संसद्को कार्यसूचीमा आउन नसकेको भूमिसम्बन्धी विधेयक नयाँ क्यालेन्डरमा आएको हो । यो विधेयक २३ वैशाख २०८२ मा प्रतिनिधिसभामा दर्ता भएको थियो । यही विधेयकमा असन्तुष्टि जनाएर जनता समाजवादी पार्टी नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । नेकपा एमालेले भने फास्ट ट्र्याकमा अगाडि बढाउन खोजिरहेको छ । तर कांग्रेसले मानिरहेको छैन । गत सोमबार भूमि सम्बन्धी विधेयकबारे कांग्रेस र एमालेका नेताहरूबीच छलफल नै भएको थियो । त्यसदिन सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा दुई दलका नेताहरू छलफल भएको हो ।

उक्त छलफलमा कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, महामन्त्री गगन थापा, कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र सांसद दिलेन्द्रप्रसाद बडू सहभागी थिए । एमालेका तर्फबाट भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, एमालेका मुख्य सचेतक महेश बर्तौला उपस्थित थिए । छलफलमा एमालेले कांग्रेसका तर्फबाट परेका संशोधनलाई स्वीकार गरेर जाने तर, विधेयक फास्ट ट्र्याकमा सभामै दफावार छलफल गरेर अगाडि बढ्ने प्रस्ताव गरेको थियो । जसलाई कांग्रेसका महामन्त्री गगन थापाले अस्वीकार गरे । यो विधेयकमाथि दफावार छलफल संसदीय समितिमै हुनुपर्ने अडान राखेका थिए । भूमि व्यवस्थामन्त्री अधिकारीका अनुसार प्रचलित कानुनले घर जग्गा व्यवसाय गर्न अनुमति लिएको कम्पनीले तोकेको हदभित्रको जग्गा विकास गरी घडेरी, घर वा अपार्टमेन्ट बनाएर बिक्री गर्न पाउँदैनन् । यो खुलाउने गरी विधेयक ल्याइएको हो ।

साथै, भूमिहीन दलित, भूमिहीन सुकुमवासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्न विधेयक ल्याइएको भूमि व्यवस्थामन्त्री अधिकारीले विधेयकमै लेखेका छन् । छिटो विधेयक पारित गर्नुपर्ने तर्कमा अधिकारीले यही भाषा दोहोर्‍याउँदै आएका छन् । तर, कांग्रसले भूमिसम्बन्धी तीनवटा ऐन एकैचोटी संशोधन गर्नेगरी आएको विधेयक हतारमा पास गर्न नहुने भनेर एमालेलाई रोकिरहेको छ । प्रस्तावित विधेयक ऐनमा रुपान्तरित भए भूमि ऐन २०२१, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ र वन ऐन २०७६ मा संशोधन हुनेछ । यो विधेयक छिटो पारित होस् भन्ने चाहना घर जग्गा व्यवसायीहरूको रहँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागी भएको सेन्टर प्लाजाबाट १६ जनाको उद्धार
आगलागी भएको सेन्टर प्लाजाबाट १६ जनाको उद्धार
प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै,यस्तो छन् कार्यसूची
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
साइकल यात्राले गन्तव्य मात्र होइन, स्वस्थ शरीर र स्वच्छ शहरको सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हलमै गर्नुपर्ने
कर्मचारीको बैठक भत्ता खारेज, सरकारी कार्यक्रम सरकारी हलमै गर्नुपर्ने
ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने
ओलीको रिहाइको माग गर्दै रिट दायर, सोमबार बहस हुने
मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?
मधेसका मुख्यमन्त्री यादवले आज दोस्रोपटक विश्वासको मत लिने, कति छ उनको मत?
खाना खान नदिएको निउमा सर्लाहीमा एक महिलाको ह*त्या
खाना खान नदिएको निउमा सर्लाहीमा एक महिलाको ह*त्या
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
यु-१९ महिला विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै नेपालको यात्रा टुङ्गियो
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट
रुपन्देहीमा डढेलो निभाउन पुगेको दमकलनै जलेर नष्ट
अख्तियारको छानबिन चलिरहँदा विमानस्थल अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा
अख्तियारको छानबिन चलिरहँदा विमानस्थल अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा