८ श्रावण २०८२, बुधबार

विवाह उमेरको विषयलाई लिएर विवाहित व्यक्तिले भोग्दै आएको सजाय घटाइने

६ साउन, काठमाडौं ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विवाहको उमेरका कारण दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरेको सजाय कम गर्नेगरी सरकारले व्यवस्था गरिरहेको बताउनुभएको छ । प्रतिनिधि सभाअन्तगर्तको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले विवाहको उमेर घटाउने नभइ विवाहको उमेरको कारणले १८ र २० वर्षको उमेरको युवा युवतीको बीचमा दुई परिवारका अभिभावकबीच हुने असमझदारीले भोग्नुपरिरहेको सजाय कम गर्नेगरी सरकारले व्यवस्था गर्न लागेको बताउनु भयो । उहाँले नेपालको संविधान दक्षिण एशियाकै उत्कृष्ट रहेको दाबी गर्नुभयो । मन्त्री चौरसियाले भन्नुभयो, ‘विवाहको उमेर घटाउने होइन, विवाहको उमेरको कारणले १८ र २० वर्षको उमेरको युवा युवतीको बीचमा दुई गार्जियनको बीचमा भएको असहमतिको कारण कारबाही भोग्नुपरेको अवस्थालाई सजायलाई न्युन गर्ने व्यवस्था कानून मन्त्रालयले गर्दैछ ।

नेपालको संविधान दक्षिण एशियाकै उत्कृष्ट छ । जहाँ संविधानमै ३३ प्रतिशत महिलाको अधिकार सुनिश्चित गरिएको छ । सकारात्मक कामलाई सकारात्मक रुपमा लिनुपर्छ । अपराध दुनियाँको सबै मुलुकमा हुन्छ । तर अपराधीलाई कारबाही सरकारले गरेको छ की छैन त्यो महत्वपूर्ण कुरा हो ।’मन्त्री चौरसियाले मानव अधिकार आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्नेकुरामा सरकारले प्राथमिकता दिइरहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?