१० श्रावण २०८२, शुक्रबार

कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्ष बस्नेत भन्छन्ः वचतकर्तालाई वचत फिर्ता गराउनु हाम्रो उद्देश्य

२५ असार, काठमाडौं । 

कर्जा असुली न्यायाधीकरणका नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गर्नुभएको छ । बुधवार कार्यालय नयाँ बानेश्वरमा नवनियुक्त अध्यक्षसहित सदस्यहरुले पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै न्यायाधीकरणका अध्यक्ष कृतिबहादुर बस्नेतले सहकारीले उठाउनुपर्ने कर्जा उठाउनु चुनौतिपूर्ण रहेको बताउनु भयो ।

आफूहरु स्थापनाको चरणमा रहेको र काम छिटै कार्यान्वयन गर्ने बताउनु भयो । विभिन्न अदालतमा सहकारीका कर्जासम्बन्धी मुद्दा रहेको भन्दै ति मुद्दाहरु न्यायाधीकरणमा पनि आउने बताउनु भयो । शुरुमा नै मुद्दाको चाप बढ्ने बताउनु भयो । काम गर्न कुनै कठिनाइ भए सहयोग लिएर भएपनि काम गर्ने बताउनु भयो । वचतकर्ताले वचत फिर्ता नपाउने विकराल स्थितिबाट उनीहरुको वचत फिर्ता गराउनु आफूहरुको उद्देश्य रहेको बताउनु भयो ।

उहाँले सबै क्षेत्राधिकार आफूहरुलाई रहेको उहाँले बताउनु भयो । बस्नेतको अध्यक्षमा गठित न्यायाधिकरणको सदस्यहरुमा धनकुटाका वसन्त पराजुली र तनहुँका गोविन्द शर्मा गैरै रहनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रश्तावमा सरकारले न्यायाधीकरण गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?