त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त

२५ असार, काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त भएका छन्। शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले प्राध्यापक दिपक अर्याल, खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको थियो।

सिफारिस भएका तीनमध्ये अर्याललाई कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका हुन्। उपकुलपति नियुक्त भएका अर्याल जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन्। त्रिविमा गत चैत १५ गतेदेखि उपकुलपति पद रिक्त थियो। केशरजंग बरालले उपकुलपति पदबाट राजीनामा दिएपछि खड्ग केसीलाई कार्यवाहक तोकिएको थियो।

Related posts:
कार्की आयोग प्रतिवेदन सार्वजनिक गर्न जेनजी मुभमेन्ट नेपालको माग
नेपालमा करिब ४५ प्रतिशत क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन : डा.देवकोटा
अमेरिका र इरानको विरोधाभासपूर्ण बयानबिच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा व्यापक उतारचढाव
अमेरिका र इजरायलद्वारा इरानविरुद्ध सैन्य हमला जारी, प्रतिकारमा इरान



Post Comment