११ श्रावण २०८२, शनिबार

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थित बन्न सकेनः सांसद ढकाल

२२ असार, काठमाडौं । 

नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन नसकिएको बताउनुभएको छ । आईतवार बिहान सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । समितिमा आज नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल भएको हो । उहाँले नेपालको अहिले निरन्तर रुपमा चलेको एउटा मात्रै विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल भएपनि यसलाई पनि राम्रोसँग व्यवस्थित गर्न नसकिएको बताउनु भयो ।

विमानस्थलमा निरन्तर रुपमा लापरवाही हुने, सेवाग्राहीहरुले ढिलासुस्ती व्यहोर्नुपर्ने समस्या रहेको बताउनु भयो ।  उहाँले भन्नुभयो, ‘नेपालको अहिले निरन्तर रुपमा चलेको एउटा मात्रै विमानस्थल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हो । यसलाई व्यवस्थित बनाउने सन्दर्भमा हामीले प्रतिनिधि सभाको बैठकमा पनि पटक पटक आवाज उठाइरहेका छौँ । तर विमानस्थल थप व्यवस्थित हुन सकिरहेको अनुभुति भएको छैन । यहाँ निरन्तर रुपमा लापरवाही हुने, सेवाग्राहीहरुले ढिलासुस्ती व्यहोर्नुपर्ने, जहाँज आउँछ, त्यसपछि इमिग्रेसनमा पनि चुस्त किसिमको सुविधा छैन । लगेज डेढ घण्टासम्म कुनुपर्ने स्थिति छ ।’ सांसद ढकालले विमानस्थलको कारण नै विदेशी नागरिकहरु नेपालमा आउनबाट भागिरहेको बताउनु भयो । विमानस्थलमा सुविधाहरु यात्रुलाई दिन नसकिएको बताउनु भयो । त्यसले देशकै बेइज्जत भइरहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?